६ श्रावण २०८३, बुधबार | July 23, 2026

भुटानी शरणार्थी प्रकरण : फरार केशव तुलाधर पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

तुलाधरमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा रहेको छ । पक्राउ परेका तुलाधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेकोमा तुलाधरसहित केही व्यक्ति फरार रहेका थिए । ।

उक्त मुद्दामा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् भने दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

प्रहरीका अनुसार तुलाधरमाथि विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेको आरोप छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  २ : २४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क