२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

तपाई सार्वजनिक सवारी साधन चढ्दै हुनुहुन्छ ? यस्ता छन् सवारीधनी र यात्रुले पालना गर्नुपर्ने नियमहरु



काठमाडौं। सरकारले आजबाट छोटो दुरीका सार्वजानिक सवारी साधन चल्न दिने निर्णय गरेपनि त्यसमा यात्रा गर्न यात्रुले विभिन्न नियमहरु पालना गर्नुपर्ने भएको छ ।

खुद्रा पैसा बोक्नै पर्नेदेखि बिना माक्स गाडी चढ्न नपाउने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन संचालनसम्बन्धी नयाँ निर्देशिका ल्याएको छ।

निर्देशिका अनुसार आजदेखि संचालन आउने सवारी साधन र यात्रुहरुले स्वास्थ्य सम्वन्धी मापदण्ड अनिवार्य अपनाउनुपर्नेछ।

सवारीधनीले अपनाउनु पर्ने नियमहरु :

निर्देशिका अनुसार बस चलाउनु अघि सवारी संचालकले अनिवार्य रूपमा बसलाई स्यानिटाइज गर्नुपर्छ। चालक बस्ने ठाउँलाई खुल्ला राख्न पाइने छैन। प्लाष्टिक वा अन्य वस्तुले बार्नु पर्नेछ। चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भनेर चालक बस्ने ठाउँलाई सिल गर्न लागिएको हो ।

बसभित्र पनि चढेका यात्रुले सामाजिक दुरी कायम गराउनु पर्नेछ । यात्रुबाट सिधै हातमा भाडा उठाउन पाईने छैन, त्यसका लागि प्लास्टिकको बाक्सा पायक पर्ने स्थानमा राख्नु पर्नेछ ।

सहचालकले स्वास्थ्यको न्युनतम मापदण्ड अनुसार माक्स, पञ्जा, शरीर छोपिने गरी कपडा लगाउनु पर्नेछ ।

एउटा सिट छाडेर मात्रै यात्रुलाई बसाल्नु पर्ने छ । सवारी साधनले सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउनेछन्। ३६ सिटको गाडी छ भने १८ जनामात्रै यात्रु चढ्न पाउने छन्। उभ्याएर यात्रा गराउन पाइने छैन।

यात्रुले पालना गर्नु पर्ने नियमहरु :

सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ। मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन। कहाँबाट कहाँसम्म यात्रा गर्ने हो त्यसका लागि तिर्नुपर्ने भाडाको रकम यात्रुले खुद्रा बोकेर हिँड्नुपर्नेछ। खुद्रा नबोक्नेसँग सहचालकले टिकट लेनदेन गर्ने छैनन।

बसमा भाडा दिनका लागि सवारी साधनमा व्यवस्था गरिएको बक्समा यात्रु स्वयंले भाडा राखिदिनु पर्नेछ । सामान्य चलिआएको भाडा दरमा ५० प्रतिशत थप गरी तोकिएको भाडा तिर्नु पर्ने छ ।

निर्देशिका अनुसार कार्यान्वयन भए नभएको अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्नेछन् । निर्देशिका अनुसार नभएको अवस्थामा प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर सवारी ऐन अनुसार कारवाही चलाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ५५ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान