२ पुस २०८२, बुधबार | December 18, 2025

तपाई सार्वजनिक सवारी साधन चढ्दै हुनुहुन्छ ? यस्ता छन् सवारीधनी र यात्रुले पालना गर्नुपर्ने नियमहरु



काठमाडौं। सरकारले आजबाट छोटो दुरीका सार्वजानिक सवारी साधन चल्न दिने निर्णय गरेपनि त्यसमा यात्रा गर्न यात्रुले विभिन्न नियमहरु पालना गर्नुपर्ने भएको छ ।

खुद्रा पैसा बोक्नै पर्नेदेखि बिना माक्स गाडी चढ्न नपाउने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन संचालनसम्बन्धी नयाँ निर्देशिका ल्याएको छ।

निर्देशिका अनुसार आजदेखि संचालन आउने सवारी साधन र यात्रुहरुले स्वास्थ्य सम्वन्धी मापदण्ड अनिवार्य अपनाउनुपर्नेछ।

सवारीधनीले अपनाउनु पर्ने नियमहरु :

निर्देशिका अनुसार बस चलाउनु अघि सवारी संचालकले अनिवार्य रूपमा बसलाई स्यानिटाइज गर्नुपर्छ। चालक बस्ने ठाउँलाई खुल्ला राख्न पाइने छैन। प्लाष्टिक वा अन्य वस्तुले बार्नु पर्नेछ। चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भनेर चालक बस्ने ठाउँलाई सिल गर्न लागिएको हो ।

बसभित्र पनि चढेका यात्रुले सामाजिक दुरी कायम गराउनु पर्नेछ । यात्रुबाट सिधै हातमा भाडा उठाउन पाईने छैन, त्यसका लागि प्लास्टिकको बाक्सा पायक पर्ने स्थानमा राख्नु पर्नेछ ।

सहचालकले स्वास्थ्यको न्युनतम मापदण्ड अनुसार माक्स, पञ्जा, शरीर छोपिने गरी कपडा लगाउनु पर्नेछ ।

एउटा सिट छाडेर मात्रै यात्रुलाई बसाल्नु पर्ने छ । सवारी साधनले सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउनेछन्। ३६ सिटको गाडी छ भने १८ जनामात्रै यात्रु चढ्न पाउने छन्। उभ्याएर यात्रा गराउन पाइने छैन।

यात्रुले पालना गर्नु पर्ने नियमहरु :

सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ। मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन। कहाँबाट कहाँसम्म यात्रा गर्ने हो त्यसका लागि तिर्नुपर्ने भाडाको रकम यात्रुले खुद्रा बोकेर हिँड्नुपर्नेछ। खुद्रा नबोक्नेसँग सहचालकले टिकट लेनदेन गर्ने छैनन।

बसमा भाडा दिनका लागि सवारी साधनमा व्यवस्था गरिएको बक्समा यात्रु स्वयंले भाडा राखिदिनु पर्नेछ । सामान्य चलिआएको भाडा दरमा ५० प्रतिशत थप गरी तोकिएको भाडा तिर्नु पर्ने छ ।

निर्देशिका अनुसार कार्यान्वयन भए नभएको अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्नेछन् । निर्देशिका अनुसार नभएको अवस्थामा प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर सवारी ऐन अनुसार कारवाही चलाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ५५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल