१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पहिलो पटक “तीज प्रवचन” सार्वजनिक (भिडियो सहित)



बुटवल । प्राध्यापक तथा गायक योगराज पोखरेलले हिन्दुनारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर “तीज प्रवचन” सार्वजनिक गरेका हुन् ।

बिशेष गरेर तीजपर्वको बारेमा र महत्व अनि अतित र बर्तमानलाई यस प्रस्तुतिमा स्पष्ट संग बुझ्न सकिन्छ । स्वर्गीय बाचन शिरोमणि नारायण पोखरेलबाट प्रभावित योगराज, बाचन शैली नारायण पोखरेल कै अनुसरण गरेका छन ।

अघिल्ला वर्षहरुमा निकै चर्चित तिजगितहरु टेन्सन हटाईदेउ, पिर पर्याछ मलाई लगायत दुई दर्जन भन्दा बढी गीतमा स्वर दिएका पोखरेलले अहिले भने इतिहास मै पहिलो पटक तीज प्रवचन सार्वजनिक गरेका हुन । युनिक मुभिजले बजारमा ल्याएको यस प्रस्तुति मा प्रवचनसंगै पुराना पालामा गाएका पुराना सांस्कृतिक शब्द अनि लयमा बिच बिचमा सुन्न अनि हेर्न सकिन्छ । गायिका प्रिया भण्डारीले गायक पोखरेललाई स्बर मा साथ दिएकी छिन ।
उनकै निर्देशनमा छायांकन गरिएको यस प्रस्तुतिमा बिजय पोख्रेलको संपादन र माधब पौडेलको छायांकन रहेको छ ।

बुटवल बहुमुखी क्याम्पस रसायन शास्त्रको प्राध्यापक समेत रहेका पोखरेललाई हाम्रो तर्फबाट पनि यस प्रस्तुति तीज प्रवचन को सफलताको सुभकामना ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ०७ बजे

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास