६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

माछापुच्छ्रे बैंकले गर्यो क्युआर प्रणालीमा भ्वाईस बक्स प्रविधिको शुभारम्भ



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाईस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटि फिकेसन) प्रविधिको शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत बैंकका अन्य केही स्थानहरुबाट यो सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

यस प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । श्रावण ५ गते बाट क्युआरमा भ्वाईस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको जनाएको छ ।

बैंकका अनुसार बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने छ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको र भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ।

बैंकले भनेको छ यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास लिएका छौं । हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : २६ बजे

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।