२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

रुपन्देहीका शिक्षा समन्वय प्रमुख शनिबार विद्यालय अनुगमनमा, विद्यालय संचालक सहित पाल्पा पुगेर मदिरा पार्टी !



बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै मदिरा पार्टीमा फेला परेका छन् । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको हो । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको फेला परेका छन् ।

उनले शिक्षा समन्वय समितिको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर घुमफिरमा निस्किएका हुन् । आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजारखानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए पनि शनिबारको अनुगमन र पाल्पाको मदिरा पार्टीले उनको घनाईलाई गलत पुष्टी गरिदिएको छ । शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक(पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले साउन ६ गते शनिबारका लागि कुनै पास वा अनुमती जारी नगरिएको जानकारी दिए । अनुमति नलिएको अवस्थामा गाडी नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई आफुले निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । रुपन्देहीमा सरकारी कामकाजमा सवारी प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ३९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात