४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी



गुल्मी । गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ ।

गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको सङ्ख्या १५ हजार ८६ जना छन् । कार्यालयका अनुसार जिल्लामा आव २०७८/७९ मा सात हजार चार सय नौ र आव २०७७/७८ मा दुई हजार चार सय २६ जनाले राहदानी बनाएका थिए । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए ।

कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । जुन आव २०७८/७९ मा रु तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो । साथै राहदानी बनाएवापत कार्यालयले आव २०७७/७८ मा रु एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ३३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज