४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाले भने – ‘धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्‍ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

पार्टी सभापति देउवाले बुधबार सात दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय पारित गर्दै धेरै महत्वपूर्ण विषयमा छलफल भएको बताए। ‘मैल त धेरै आलोचना होला भन्ठान्या, कम भयो त्यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

सभापति देउवाले पार्टीको बैठक लाइभले जीवन्त बनेको पनि बताएका छन्। उनले भने, ‘पार्टीको बैठकले जनताले पनि सबै कुरा थाहा पाएको र पार्टीका कोहीभन्दा कम नभएको र एकसय एक केन्द्रीय सदस्यहरु रहेको पनि प्रमाण पनि दुनियाँले बुझेको छ।’

कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए।

पार्टी सभापति देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको