२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ब्रजेश्वरीको डिलर मिटसँगै नयाँ उत्पादन ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ सार्वजनिक



बुटवल । नेपालका लागि बहुराष्ट्रिय कम्पनीको आधिकारीक विक्रेता ब्रजेश्वरी इन्डष्ट्रिज प्रा.लीले शुक्रबार भैरहवामा डिलरमिटसँगै आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । प्रा.ली.ले आफ्नो नयाँ उत्पादन ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ सार्वजनिक गरेको हो ।

सन् २००५ देखि बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन विक्री गर्दै आएको प्रा.ली.ले विगत १ वर्षदेखि आफै उत्पादनमा लागेको छ । कम्पनीले नेपाली तथा भारतीय बजारमा पुर्याउनेगरी डाइपर उत्पादन गर्दै आएको छ । यसैबीच नयाँ उत्पादन बारे जानकारी दिने र बजारको अवस्था बारे जानकारी प्राप्त गर्ने उद्देश्यसहित देशभरका आफ्ना करिब एक सय डिलरका प्रतिनिधिहरुलाई सहभागी गराई छलफल गलफल गरिएको ब्रजेश्वरीका डाईरेक्टर सनिमराज ढकालले जानकारी दिए । डिलरमिटबाट आफले थप उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको उनले बताए ।

नवलपरासीको रामग्राममा उद्योग रहेको कम्पनीले नेपालका लागि न्यानो र टेन्डरटच उत्पादन गरी बजारमा पठाउने गरेको छ भने भारतीय कम्पनी भेल्निक, एचएमएच, युरो इण्डिया तथा केएफ इन्टरनेश्नलका लागि उत्पादन गर्ने कम्पनीका प्रमुख एसपी ढकालले जानकारी दिए । बहुराष्ट्रिय कम्पनीका उत्पदानहरुका लागि डिलरको रुपमका काम गर्दै आएको कम्पनीले अब अफै उत्पादनमा लाग्नुपर्छ भन्ने मान्यताकासाथ उद्योग स्थापना गरिएको उनले बताए । उत्पानको गुणस्तरीयतालाई अफ्नो पहिलो प्राथमिकता राखिएको बताउँदै उनले अफ्रिका तथा युरोपमा समेत निर्यात गर्ने तयारीमा रहेको उल्लेख गरे । अफ्रिकामा आफ्नो उत्पादन बठाउनका लागि सुरु हुन थालेको बताउँदै प्रमुख ढकालले युरोपियन मुलुकका लागि पिई सर्टिफिकेट प्राप्तिको अन्तिम चरणमा पुगेको जानकारी गराए ।

नेपालका लागि आवश्यक पर्ने खपतको ५० प्रतिशत उत्पादन गर्न सक्ने क्षमता भएपनि उद्योगलाई पूरा क्षमतामा भने सञ्चालन नगरिएको डाइरेक्टर सरिता ढकालले बताइन् । ‘नेपाली बजारका लागि प्रतिवर्ष ४८ करोड डाइपर आवश्यक पर्ने हो बजकी हामीले २५ करोड उत्पादन गर्न सक्छौं ।’–उनले भनिन्, अन्य बहुराष्ट्रिय कम्पनी तथा लोकल कम्पनीहरुका उत्पादन पनि बजारमा प्राप्त हुनेहुँदा सबै उत्पादन नेपालमा पठाउने गरेका छैनौं । आफ्नो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नकै लागि भारतसँगै अन्य मुलुकहरुमा समेत निर्यातको तयारी भएको उनले स्पष्ट पारिन् ।

विदेशी मुलुकहरुमा उत्पादन निर्यात गर्दा बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएपनि गुणस्तरकै कारण माग बढ्दै जाँदा बजार विस्तारमा सहज भएको कम्पनीका डाइरेक्टर शिक्षा पोखरेल ढकालले बताइन् । उद्योगमा करिब १५० जनालाई प्रत्येक्ष रोजगार दिनसफल कम्पनीले दैनिक ६ लाख डाइपर उत्पादन क्षमता भएपनि हाल दैनिक ३ लाख मात्रै उत्पादन गर्ने गरेको उनले उल्लेख गरिन् । विदेशकका विभिन्न मुलुकहरुमा आफ्नो उत्पादन निर्यातलाई बाउँदै पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्नेगरी तयारी भैरहेको उनले बताइन् । कम्पनीले पछिल्लो एक वर्षको अवधिमा नेपालका लागि ३० करोड बढीको उत्पादन गरेको छ भने भारतका लागि १३ करोड बढीको उतपादन निर्यात गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ०५ बजे

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि