७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल-पाल्पा सडक खण्ड एकतर्फी खुल्यो



बुटवल । अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

राजमार्गको बुटवल-पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक बिन्दुको माथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

हाललाई रोकिएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । पुन: पानी नपरेमा दिउँसोसम्म पूर्णरूपमा सवारी संचालन हुने थापाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : २८ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि