२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

मेक्सिकोमा बस दुर्घटनामा १७ काे मृत्यु



मेक्सिको सिटी । पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो । मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो ।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३३ बजे

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई, समर्थकहरुको बाजागाजा सहित स्वागत

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर