४ पुस २०८२, शुक्रबार | December 19, 2025

सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलको निर्देशन



काठमडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् ।

“कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ”, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले यस अभियानका लागि सबै जिल्लामा आफ्ना प्रतिनिधि पठाउने उनले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २७ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी