९ श्रावण २०८३, शनिबार | July 25, 2026

सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलको निर्देशन



काठमडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् ।

“कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ”, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले यस अभियानका लागि सबै जिल्लामा आफ्ना प्रतिनिधि पठाउने उनले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २७ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा