४ पुस २०८२, शुक्रबार | December 20, 2025

पत्रकार महासंघ रुपन्देहीमा सदस्यता विवाद मिल्यो, चौतारीले लगाएको ताला खुल्यो



बुटवल । नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन नेपाल पत्रकार महासंघ रुपन्देही तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ । प्रेस चौतारीसँगको वार्तामा महासंघको पदाधिकारीले सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि १ साता अघि गरिएको तालाबन्दी खुलेको हो ।

महासंघले नयाँ सदस्यका लागि सिफारिस गर्दा शुद्धिकरण मापदण्डविपरित, पूर्वागहीपूर्ण र स्वेच्छाचारि ढंगले सिफारिश गरेको आरोप लगाउँदै प्रेस चौतारी रुपन्देहीले तालाबन्दी गरेको थियो । महासघले नयाँ सदस्यताको निर्णयमा कमजोरी भएको स्वीकार्दै सच्याउन सहमत भएपछि प्रेस चौतारीले महासंघमा लगाएको ताला खोलिएको प्रेस चौतारीले जनाएको छ ।

महासंघका पदाधिकारी र प्रेस चौतारीका पदाधिकारीसहित शनिबार भएको छलफलमा महासंघ सदस्यता पुनर्विचार गरी सच्याउने र प्रेस चौतारीले उठाएका माग संबोधन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।

नयाँ सदस्यताको लागि परेको आवेदनमाथि पुनः अध्ययन गर्ने र मापडण्द पुगे नपुगेको हेरेर निर्णय गर्ने गरि सहमति भएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । प्रदेश समितिले समेत पुनः अध्ययन गर्न भनेर राय पठाएको र विभिन्न संघहरुबाट पनि माग भइआएकाले पुनः अध्ययनका लागि सहमति गरिएको अध्यक्ष पोखरेलले बताए । उनले नविकरण नगरिएका पुराना सदस्यको हकमा भने कुनै विवाद नरहेको बताउँदै नयाँ सदस्य सिफारिसमा मात्र फरक मत आएको बताए ।

महासंघमा ६९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएपनि गत साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गर्दै लुम्बिनी प्रदेश समितिमा पठाएको थियो । प्रदेश समितिले पनि त्यसमा पुनर्विचार गर्न भन्दै जिल्लालाई नै फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको