९ चैत्र २०८२, सोमबार | March 24, 2026

पत्रकार महासंघ रुपन्देहीमा सदस्यता विवाद मिल्यो, चौतारीले लगाएको ताला खुल्यो



बुटवल । नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन नेपाल पत्रकार महासंघ रुपन्देही तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ । प्रेस चौतारीसँगको वार्तामा महासंघको पदाधिकारीले सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि १ साता अघि गरिएको तालाबन्दी खुलेको हो ।

महासंघले नयाँ सदस्यका लागि सिफारिस गर्दा शुद्धिकरण मापदण्डविपरित, पूर्वागहीपूर्ण र स्वेच्छाचारि ढंगले सिफारिश गरेको आरोप लगाउँदै प्रेस चौतारी रुपन्देहीले तालाबन्दी गरेको थियो । महासघले नयाँ सदस्यताको निर्णयमा कमजोरी भएको स्वीकार्दै सच्याउन सहमत भएपछि प्रेस चौतारीले महासंघमा लगाएको ताला खोलिएको प्रेस चौतारीले जनाएको छ ।

महासंघका पदाधिकारी र प्रेस चौतारीका पदाधिकारीसहित शनिबार भएको छलफलमा महासंघ सदस्यता पुनर्विचार गरी सच्याउने र प्रेस चौतारीले उठाएका माग संबोधन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।

नयाँ सदस्यताको लागि परेको आवेदनमाथि पुनः अध्ययन गर्ने र मापडण्द पुगे नपुगेको हेरेर निर्णय गर्ने गरि सहमति भएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । प्रदेश समितिले समेत पुनः अध्ययन गर्न भनेर राय पठाएको र विभिन्न संघहरुबाट पनि माग भइआएकाले पुनः अध्ययनका लागि सहमति गरिएको अध्यक्ष पोखरेलले बताए । उनले नविकरण नगरिएका पुराना सदस्यको हकमा भने कुनै विवाद नरहेको बताउँदै नयाँ सदस्य सिफारिसमा मात्र फरक मत आएको बताए ।

महासंघमा ६९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएपनि गत साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गर्दै लुम्बिनी प्रदेश समितिमा पठाएको थियो । प्रदेश समितिले पनि त्यसमा पुनर्विचार गर्न भन्दै जिल्लालाई नै फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ३८ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११