२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त



काठमाडौं । सरकारले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको छ । वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा पटकपटक पक्राउ परेका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका हुन ।

सरकारले औपचारिकरुपमा लामाको नियुक्तिबारे नखुलाएपनि बैठकबाट उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले दाबी गरेको छ ।

उनी ०६७ मा एमालेबाट अर्थराज्यमन्त्री बनेका थिए । तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ल्हारक्याल लामा यस अघि अर्थ राज्यमन्त्री, गुम्बा ब्यवस्थापन समितिको अध्यक्ष बनिसकेका ब्यक्ति हुन् । उनी दुबै पटक संविधानसभा सदस्यसमेत रहेका थिए । उनी कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत थिए ।

ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् । उनले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे भने दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् ।

लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात