४ पुस २०८२, शुक्रबार | December 20, 2025

बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको माग



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गरेको छ । संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भइरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीग बहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसारअगाडि बढेको बढुवाको प्रक्रियालाई यथाशीघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

संघले बढुवाको प्रक्रिया अगाडि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । तीनदिनभित्र बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए राष्ट्रव्यापी रुपमा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको संघले दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

‘राष्ट्रिय खेलकुद परिषदमा लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत यसै ज्ञापन पत्र मार्फत जानकारीका लागि अनुरोध गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको