६ श्रावण २०८३, बुधबार | July 22, 2026

डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन



काठमाडौं । सौरमासअनुसार साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् । भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शुद्ध जलमात्र भगवान् शिवलाई चढाएमा प्रसन्न भई मनावाञ्छित फल दिने विषय शिवपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा लाखौँ भक्तजनको साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा भीड लाग्ने गरेको हो ।

साउने सोमबारका अवसरमा आज एक सय ४१ जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । विशेष पूजाका लागि साउनको सोमबार रु सात हजारभन्दा माथिको मात्र रसिद काटिएको कोषले जनाएको छ । साउनको सोमबारको अवसर पारेर आज सांसद रेणु साह, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका गुरु र वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधनासहित दर्शन गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

ओम बोल बम काँवरिया सङ्घका १५ हजारभन्दा बढी भक्तजनले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको जानकारी पनि उनले दिए । शुद्ध जल लिन बोल बम यात्री आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । बिहानै स्नान गरी शुद्ध जल ल्याएर भक्तजनले पशुपतिनाथमा अर्पण गरेका हुन् ।

पशुपतिनाथ मन्दिरमा पूजा, आराधना र दर्शनका लागि आउने भक्तजनलाई आज पशुपति क्षेत्रका चार स्थानबाट चन्दन बाँडिएको थियो । सानो सदावर्तअघि, घ्याम्पेपाटीअघि, चतुःषष्टि लिङ्गअघि र वरुणधारा छेउबाट चन्दन बाँडिएको थियो ।

साउनको चौथो सोमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको थियो । देशका अन्य ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । रासस

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : २७ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न