१० चैत्र २०८२, मंगलबार | March 24, 2026

उद्योग बाणिज्य संघमा सबै ब्यवसायी समेटिएनन्, संघमा २५ हजार सदस्य बन्न सक्छन् : टंक धामी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले बाँकेमा संघका २५ हजार सदस्य हुनसक्ने बताएका छन् ।

नेपालगन्ज जेसिसले आइतबार नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरेका ककस कार्यक्रममा उद्योगी व्यवसायीले संघको सदस्यता धेरै विस्तार किन गरेको भन्ने जिज्ञासामा अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक जिल्ला संघको स्वरुपमा जिल्लाभरी सदस्यता विस्तार गरेको बताए । उनले भने, ‘नेपालगन्जमा मात्र १५ हजार उद्योगी व्यवसायी छन् । सबैलाई समेट्न सकिएको छैन । जिल्ला भरी त करिब २५ हजार उद्योगी व्यवसायी छन् । ती सबै संघको सदस्य बन्नसक्छन् ।’ सदस्यता शुल्क बढी भयो भन्ने अर्को जिज्ञासामा भने धामीले साधारण सभाबाट सदस्यता शुल्क निर्धारण गरेर जान आफू तयार रहेको बताएका थिए ।

महिलालाई ३३ प्रतिशत उम्मेदवार नबनाएको बारे उनले संघमा महिलाको कम प्रतिनिधित्व भएको स्वीकार्दै बढी भन्दा बढी महिलालाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका थिए ।
बाँकेमा ब्यापारजन्य फोहर व्यवस्थापन कसरी गर्ने योजना छ भन्ने अर्को जिज्ञासामा भने धामीले फोहरलाई मोहर बनाउन तीन तहकै सरकारसँग समन्वय गर्ने बताएका थिए । जमुनाहा नाकामा १०० रुपैयाँको सामानमा भन्सार गर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न लगाउन संघले दवाब दिने उनको भनाइ थियो ।

कार्यक्रममा समावेशी प्यानल र प्यानलका अध्यक्ष टंकबहादुर धामीको परिचय प्यानलको प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले गरेका थिए । रेग्मीले उद्योग व्यवसाय क्षेत्रका दर्जन भन्दा बढी क्षेत्रका व्यक्तिलाई समेटेर समावेशी प्यानल बनाएकाले मतदान गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका थिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी भाद्र २ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । नयाँ कार्यसमितिका लागि लmितकुमार रौनियार र टंक धामीको नेतृत्वमा २ वटा प्यानलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई