२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलमा उपमहानगरले तोक्यो विद्यालयको शुल्क, बढी असुले कारवाही (बर्गिकृत विद्यालयको विवरणसहित)



बुटवल । बुटवल उपमहानगरपालिकामा संचालनमा रहेका निजी तथा संस्थागत विद्यालयले अवदेखि उपमहानगरपालिकाले तोकेको शुल्कमा अध्यापन गराउनु पर्ने भएको छ । उपमहानगरले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेसँगै ती बिद्यालयहरुले तोकेको शुल्क लिएर मात्र अध्यापन गराउनु पर्ने भएको हो ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकबाट लिने मासिक शुल्क, भर्ना र बसको नयाँ भाडा दर निर्धारण गरेको उपमहानगरपालिकाले जनाएको छ । बुटवलका निजी तथा संस्थागत विद्यालयले तोकिएको भन्दा बढी शुल्क असुलेको भन्दै अभिभावकहरू आन्दोलित भएपछि उपमहामनगरले शुल्क तोकेर राजपत्रमा प्रकाशित गरेको हो ।

उपमहानगरका प्रमुख प्रसाशकिय अधिकृत टेकराज पन्थीका अनुसार अभिभावकको आन्दोलनपछि २०७३ सालमा गरिएको विद्यालय वर्गीकरणको आधारलाई मानेर नयाँ शुल्क निर्माण गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले २०७६ सालमा बनाएको शुल्क सम्बन्धी मापदण्डभन्दा बढी शुल्क असुलेको गुनासो अभिभावकले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययन अनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३०–७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको कार्यदलले प्रतिबेदन बुझाएको थियो ।

बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क कडाइका साथ लागू गर्ने निर्णय कार्यपालिकाको बैठकले निर्णय गरेको प्रशासकिय अधिकृत पन्थीले बताए ।

चालू शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्व प्राथमिक तहको लागि मासिक शुल्क २ हजार, ‘ख’ वर्गका विद्यालयले २ हजार ४०० र ‘क’ वर्गका विद्यालयले बढीमा २ हजार ७५० मात्र मासिक शुल्क लिन पाउनेछन् । प्राथमिक तहमा (१ देखि ५ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार २००, ‘ख’ वर्गका विद्यालयले २ हजार ६०० र ‘क’ वर्गका विद्यालयले बढीमा ३ हजार रुपैयाँ लिन पाउने मापदण्ड उपमहानगरपालिकाले जनाएको छ ।

निमावि तहमा (६ देखि ८ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार ६००, ‘ख’ वर्गका विद्यालयले ३ हजार र ‘क’ वर्गका विद्यालयले ३ हजार ३०० मासिक शुल्क लिन पाउने छन् । माध्यमिक विद्यालयका ग, ख र क वर्गका लागि क्रमश ३ हजार २००, ३ हजार ६०० र ४ हजार २०० शुल्क निर्धारण गरिएको छ भने ११ र १२ कक्षाका ग, ख र क वर्गका लागि क्रमशः ३ हजार ५००, ४ हजार १०० र ४ हजार ७०० शुल्क निर्धारण गरिएको छ । मावि ११ र १२ कक्षामा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४ हजार ७००, ५ हजार र ५ हजार २०० लिन पाउने छन् । व्यवस्थापनतर्फ क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरिएको छ ।

२०७३ पछि खुलेका बिद्यालयहरुले नयाँ बर्गिकरणको लागि उपमहानगरपालिकामा निवेदन दिएको र ती विद्यालयहरुको अनुगमन गरि छिट्टै बर्ग निर्धारण गरिने पन्थीले बताए ।

उपमहानगरपालिकाले भर्ना शुल्क र बसको भाडा दर पनि तोकेको बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएकोभन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । उपमहानगरले निर्धारिच शुल्कलाई सोमवार राजपत्रमा प्रकाशित गरेको छ । नयाँ शुल्क दर कायम गरिए पनि विद्यालयहरुको वर्गीकरण भने २०७३ सालमा भएकोलाई नै आधार मानिएको उनले बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : २६ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु