९ श्रावण २०८३, शनिबार | July 25, 2026

धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : अध्यक्ष ओली



भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताएका छन ।

पत्नी राधिका शाक्यसहित सूर्यविनायक नगरपालिका-८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्न आएका अध्यक्ष ओलीले धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार भएको उल्लेख गरे ।

“हाम्रो गौरवपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउँछन्, पूजा दर्शन गर्न आउँछन्, हामी पनि हाम्रा परम्परागत कार्य गर्छौं, सांस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भने, “यस्ता धर्म, चाडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैनन, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।”

यही साउन १ गतेदेखि सुरु भएको यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको उल्लेख्य उपस्थितिले धार्मिक महत्व बढाइरहेको उल्लेख गर्दै उनले मन्दिरको पुनर्निर्माण सुरुदेखि नै आफूले सहयोग गर्दै आएको बताए ।

सो अवसरमा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्र्याल, गायिका एवं पूर्वसांसद कोमल वली, बागमती प्रदेशसभा सदस्य किरण थापा, एमाले जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले अध्यक्ष ओलीको स्वागत गरेका थिए । उनले डोलेश्वरमा पूजा आरती गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ४२ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख