१० असार २०८३, बुधबार | June 24, 2026

रनवेमा पुगेको एयर इण्डियाको जहाजको ब्रेकमा समस्या



काठमाडौं । एयर इन्डियाको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं-दिल्लीको उडान थियो । उडान समय ४ बजेर १० मिनेटको थियो ।

जहाज उडानको लागि तयार भएर रनवेमा प्रवेश गर्नासाथ ब्रेकमा समस्या आयो । त्यसपछि जहाजलाई रनवेबाट नै पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाज टयाक्सी वेबाट रनवे प्रवेश गर्नको लागि घुम्ने क्रममा थियो । त्यसबेला ब्रेकमा समस्या आएपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको हो । उक्त जहाजमा १७९ जना यात्रु थिए ।

जहाज रन वेमा हुँदासम्म अन्य उडान समेत अवरुद्ध भएको छ । रनवेमै जहाजमा समस्या आएपछि अन्य उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५८ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३