२३ भदौ २०८३, मंगलबार | September 9, 2026

पुष्पा टण्डन मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न तिलोत्तमा नगरपालिकाको माग



बुटवल । तिलोत्तमाकी ३६ वर्षिया पुष्पा टण्डन मृत्यु प्रकरणमा तिलोत्तमा नगरपालिकाले चासो ब्यक्त गरेको छ । गत साउन २७ गते कञ्चन गाँउपालिकाको फायरलाइनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी टण्डनको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिनका लागि नगरपालिकाले प्रशासन समक्ष माग गरेको छ ।

झुण्डिएको अवस्थामा मृत फेला परेकी पष्पाका आफन्तले हत्या भएको आशंकामा आन्दोलन गरेपछि नगरपालिकाले आज विज्ञप्ति प्रकाशित गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले हस्ताक्षर गरेको विज्ञप्तिमा छानबिनमा पीडित पक्षको न्यायका लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार भएको उल्लेख गरिएको छ ।

साउन २६ गते घरबाट स्कुटर लिएर हिडेकी पुष्पाको स्कुटर भने अस्पताल लाईनमा भेटिएको थियो । घर देखि करिव २५ किलोमिटर टाढा पुगेर जंगलमा आत्महत्या गरेकी पुष्पाको मृत्यु ‘लेनदेन’ का कारणले भएको भन्दै उनका आफन्तले आन्दोलन गरिरहेका छन् ।

आफन्तले छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान रञ्जित भुसालसंग लेनदेन व्यवहार भएको र उनीहरुकै दवावमा आत्महत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि भुसाल दम्पत्तीलाई नियन्त्रणमा लिएको छ ।

गुल्मीको गुल्मीदरवार गाउंपालिका–४ बिरबास भट्टेचौंर घर भएकी पुष्पाको परिवार २०७२ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका थिए । मृतक पुष्पाका १ छोरा र १ छोरी छिन् ।

घटना हुनु अघि सम्म कोरियामा रहेका मृतक पुष्पाका श्रीमान केशव टण्डन अहिले नेपाल आएर श्रीमतीको न्यायका लागि अपिल गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : २० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी