९ बैशाख २०८३, बुधबार | April 22, 2026

हिमाञ्चल र उत्तराखण्डमा बाढी पहिरोमा परी हालसम्म २३० जनाको मृत्यु गयो ज्यान



शिमला । हिमाञ्चल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई राज्यमा ८४ जनाको मृत्यु भएको छ ।

हिमाचलमा पहिरोका कारण कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । शिमलाको समरहिल क्षेत्रमा भीषण पहिरोमा परेर बेपत्ता भएका २१ जनामध्ये १४ जनाको शव निकालिएको छ ।

सोही उही समयमा कांगडाको फतेहपुर र इन्दोरा क्षेत्रमा बाढीमा फसेका ३०८ जनालाई बाहिर निकालिएको थियो । आज बिहानैदेखि राहत कार्य सुरु भएको छ ।

मण्डी कुल्लु र सेन्ज औट राष्ट्रिय राजमार्ग सहित ८७५ सडकहरू बन्द छन्र भने १२ सय बस मार्गहरू अवरुद्ध छन् ।

सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले हिमाञ्चल प्रदेशमा भारी वर्षा, पहिरोले भएको विनाश माथि राजनीति गर्नुको सट्टा सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले कांग्रेसलगायत सबै राजनीतिक दललाई राजनीति छोडेर जनताको सहयोगमा लाग्न आग्रह गरे ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ८ : ४८ बजे

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले