१० चैत्र २०८२, मंगलबार | March 24, 2026

१३ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी मिडिया सम्मेलन सम्पन्न



बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भएको पहिलो मिडिया सम्मेलन १३ बुँदे घोषणपत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । भदौ १ बुटवलमा सुरु भएको मिडिया सम्मेलन २०८० को १३ बुंदे बसन्तपुर घोषणापत्र जारी जारी गर्दै सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको छ । घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

घोषणापत्रमा तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन , दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन , संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।

प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न माग गरिएको छ ।

सम्मेलनले तीनमहिना भित्र गुल्मीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष नवराज कुँवरले बताए । सम्मेलनमा सहभागी मिडिया संचालकहरुले दर्ताबिना चलेका मिडियाहरुबाट बैधानिकता प्राप्त गरेका मिडिया हाउसहरुलाई ठुलो हानी नोक्सानी भएको धारणा राखेका थिए । उनीहरुले कपीपेष्ट पत्रकारीताले मिडियाको गुणस्तरियतामा कमी आएको उल्लेख गर्दै पछिल्लो समय दक्ष पत्रकार पाउन असहज भएको बताएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट उद्घाटन गरिएको मिडिया सम्मेलनमा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित,युवराज घिमिरे लगायतले मोफसलका मिडियाको सबलिकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  १ : ५१ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा