१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : ४१३२ ले गरे मतदान, भोली बिहान ८ बजेबाट मतगणना



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा चार हजार एक सय ३२ मतदाताले मतदान गरेका छन् । संघको चार हजार नौ सय ३३ मतदाता मध्य चार हजार एक सय ३२ जनाले मतदान गरेका हुन् ।

संघको आगामी तीन वर्षको कार्यकालका लागि भएको मतदान नेपालगन्ज रङ्गशालामा विहान सवा आठ बजेदेखि सुरु भएर अपरान्ह ५ बजेसम्म चलेको थियो ।

नयाँकार्यकालका लागि नेपालगन्जमा राजनीतिक आस्थाका आधारमा २ वटा प्यानल बनाएर निर्माचनमा होमिएका
थिए । माओवादी समर्थित टंक धामीलाई एमाले, राप्रपा, जसपा, रास्वपाको साथ रहेको छ भने नेपाली कांग्रेसका नेता समेत रहेका ललित रौनीयारलाई राप्रपा नेपाल, एकीकृत समाजवादीको साथ रहेको छ ।

धामीको नेतृत्वमा रहेको समावेशी प्यानलको उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, बाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा इन्दिरा पाण्डे, महासचिवमा भीमबहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा सलाउद्दिन जसगढ उम्मेदवार रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा इन्दिरा शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विक, सुदन केसी, शिवराज कुर्मी, धर्मेन्द्र ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जलालुद्दिन अन्सारी रहेका छन् । एशोसियट सदस्यमा सञ्जयकुमार अग्रवाल र कमलबहादुर कार्की तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी रहेका छन् ।

रौनीयार प्यानलमा उद्योग तर्फको उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी रहेका छन् ।

सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, कैफुलबरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर विष्ट रहेका छन् । एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल, सम्बद्ध सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठ रहेका छन् ।

चुनावमा स्वतन्त्रबाट उद्योग उपाध्यक्षमा दिपेन्द्रकुमार जोशी र सम्बद्ध सदस्यमा किसन गुरुङले चुनावी प्रतिस्पर्धा गर्दैटन् ।

मतगणना भने भोली बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ९ : २६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू