१० चैत्र २०८२, मंगलबार | March 24, 2026

जवाई ब्याडमिन्टन क्लबमा नयाँ नेतृत्व चयन



बुटवल । जवाई ब्याडमिन्टन क्लब बुटवल-१३ रुपन्देहीको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नवल गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा बेन प्रसाद थापा, उपाध्यक्ष गिरि गुरुङ, सचिब टीका थापा, सह सचिब हिता गुरुङ, कोषाध्यक्ष प्रसाद गुरुङ र सह कोषाध्यक्ष अङ्ग्रेज गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरु दिनेश थापा, रक्षा गुरुङ, राजु थापा, उमा घर्ती, रमेश पौडेल र प्रकाश खनाल सर्व-सहमतिले चयन भएको निर्वाचन मन्डलका संयोजक राजु गुरुङले बताए ।

२०६४ सालबाट अनौपचारिक रुपमा स्थानीय युवाहरु मिलेर क्बल स्थापना गरेका थिए । जवाई खेल मैदानको कुनामा सामान्य कोर्ट बनाएर खेल सुरु गरेको क्बलले बुटवलकै पितृथानहुँदै पुनः जवइई मैदानमै कवर्ड निर्माणपछि २०७५ सालदेखि निरन्तर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

अधिवेशनका अवसरमा बोल्दै बुटवल-१३ का वडाध्यक्ष नारायण पुनले स्वास्थ्यसँगै पर्यटन र आर्थिक बिकासमा समेत खेलकूदलाई जोडेर अघि बढाउनु पर्ने बताए । बुटवल उपमहानगरले खेल गतिविधि सञ्चालन तथा यसको बिकासका लागि काम गरिरहेको बताउँदै उनले सीमित श्रोत र साधनका बावजुद पनि खेलाडीलाई प्रोत्साहन हुने काम गरिरहेको उल्लेख गरे ।

क्लबका पूर्व अध्यक्ष शेर बहादुर गुरुङ, युवा नेता राजु गुरुङ, रुपन्देही खेलकुद बिकास समितिका पूर्व अध्यक्ष योग गुरुङ, सल्लाहकार नेतन गुरुङ, ध्रुब बिक्रम शाह, केशर प्रताप जबरा लगायतले शुभकामना व्यक्त गरेका थिए । क्लबका सचिब बेनु थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बन्द सत्रको संयोजन राजु गुरुङले गरेका थिए भने सदस्यहरु ध्रुब विक्रम शाह र सुन्दर तरामुले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : २६ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा