१२ पुस २०८२, शनिबार | December 27, 2025

कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्विचार गरिने



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा।डा। बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । सो पार्टीले यसअघि संवैधानिक राजतन्त्रको अजेन्डा छाडेको थियो । तर, अब सो अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबको केन्द्रीय समितिमा व्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिवेदन महामन्त्री एवम विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए ।

प्रवक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताईएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ७ : ३२ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय