६ पुस २०८२, आइतबार | December 21, 2025

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज समापन हुदैँ, राजतन्त्रको अजेन्डामा फर्केको घोषणा गरिने



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज समापन हुदैँछ । सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

हिजोदेखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रीय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन ।

राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ८ : ०२ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट