२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

धरानमा १२ घण्टे निषेधाज्ञा जारी, नाकाहरुमा कडाई



धरान । सम्भाब्य झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले धरान र त्य आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले धरानको मुख्य शहर सहित त्यसआसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिनुका साथै मुख्य मुख्य केही क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म कायम रहने एसपी ढकालले बताए ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही ब्यक्तिहरुले प्रदर्शनको घोषणा गरेपछि शान्तिसुरक्षा बहाल राख्न भन्दै स्थानीय प्रशासनले निषाधाज्ञा लगाएको जनाएको छ । प्रदर्शनमा दुईपक्षिय झडपको सम्भावनालाई रोक्न कडाई गरिउको प्रशासनको भनाई छ ।

प्रहरीका अनुसार धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न नदिइने एसपी ढकालले बताए।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ५३ बजे

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा