२९ भदौ २०८३, सोमबार | September 14, 2026

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान



बुटवल । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल ५ मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भर्खरै प्रकाशित कक्षा १२ को परिक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका सबै त्यस्तैगरी एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एमबिएस दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तिर्ण विद्यार्थीहरुलाई टीका,खादा र मायाको चिनोले सम्मान गरिएको छ ।

क्याम्पसका अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,सहायक क्याम्पस प्रमुख रमेश पाण्डे, मनोज सापकोटा, बिभागिय प्रमुखहरु टीकाराम घिमिरे, रामनाथ उपाध्याय, कृष्णप्रसाद खनाल, एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यसक्षेत्रकै नमुना क्याम्पसलाइ शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।

सो अबसरमा बोल्दै अध्यक्ष लाकौलले बिद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राखे ।

क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको स्मरण गरे । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा स्नातकोत्तर तहमा अध्यापन गराउने प्राध्यापकहरूलाइ समेत टीका खादाले सम्मान गरिएको थियो । बिस २०४८ सालमा स्थापित क्याम्पसमा कक्षा ११-१२, स्नातक तथा स्नातकोत्तर तहमा ब्यबस्थापन,शिक्षा र मानविकी संकायमा अध्ययन-अध्यापन हुदै आएको छ ।

सम्मान समारोहमा क्याम्पसमा स्नातकतहमा नयाँ भर्ना हुनेका लागि बिभिन्न शुल्कमा छुटबारेमा जानकारी समेत दिइएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ६ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ