४ पुस २०८२, शुक्रबार | December 20, 2025

म्यानचेस्टर युनाइटेडले शीर्षचारमा उक्लिने सुनौलो मौका गुमायो, इन्जुरी समयको गोल बन्यो बाधक



काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा उक्लिने महत्वपूर्ण मौका गुमाएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएर म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पछि पारी चौथो स्थानमा पुग्ने मौका गुमाएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको २–१ को अग्रता म्यानचेस्टर युनाइटेडले इन्जुरी समयको अन्तिम मिनेटमा गुमायो ।

१२ औँ मिनेटमा आर्मस्ट्रोङ्गले गोल गरी साउथह्याम्पटनलाई अग्रता दिलाए । २० औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरी युनाइटेडलाई बराबरीमा ल्याए । २३ औँ मिनेटमा एन्थोनी मार्शलले गोल गरी अग्रता दिलाए ।

तर इन्जुरी समयको छैटौँ अर्थात ९६ औँ मिनेटमा ओबाफेमीले गोल गरी युनाइटेडको जित अस्वीकार गरे र साउथह्याम्पटनलाई बराबरी गराए ।

बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ५९ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको पनि ५९ अंक नै भए पनि गोल अन्तगरका आधारमा अघि रहेको हो । ४५ अंकसहित साउथह्याम्पटन १२ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको