३ पुस २०८२, बिहिबार | December 19, 2025

राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारको आह्वान



काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बताए ।

उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गरे । उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको पनि बताए ।

‘असोज २ लाई विशेष उत्साहका साथ मनाउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरू सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक, भव्यताको पाटो मात्रै होइन कि उपलब्धिमूलक, परिणाममुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धि पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई विस्तारित गर्ने सन्दर्भमा भन्ने हिसाबबाट यहाँहरू सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, सङ्घसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाइको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’, मन्त्री राईले भने ।

मन्त्री राईले नेपाली शिक्षालाई विस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको