१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

लेखा र महिला समितिमा एमाले, कानूनमा माओवादी र पूर्वाधारमा राप्रपाको उम्मेदवारी



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ ।

सार्वनजिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमशः ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका हुन्।

प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा मा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन् ।

पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएको छन् । उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन् ।

प्रतिनिधिसभाअन्तर्गत् १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने निर्वाचनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका आरजु राणा देउवा उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।

यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  २ : ३४ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि