९ श्रावण २०८३, शनिबार | July 26, 2026

अफगानिस्तानमा महिलालाइ राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध



काबुल । तालिवानको अत्याचारले अफगानिस्तानमा महिलाको पीडालाई निरन्तर बढाइरहेको छ । अब यसमा अर्को अध्यादेश थपिएको छ । तालिवान संगठनले अफगानिस्तानको मध्य बामियान प्रान्तमा रहेको ब्यान्ड ए अमिर राष्ट्रिय निकुञ्जमा महिलाहरूलाई जान प्रतिबन्ध लगाएको छ ।

बामियानमा एक भाषणमा तालिबानका मन्त्री मोहम्मद खालिद हनाफीले अन्ततः महिलाहरूलाई पार्कमा प्रवेश गर्न दिने संयन्त्र निर्माण गरिरहेको बताएका त छन तर यो व्यवस्था नहुँदासम्म महिलालाई पार्कमा प्रवेश गर्न नपाइने सञ्चारमाध्यमले जनाएका छन् ।

हनाफीले तालिवान सुरक्षा बल र बामियान प्रान्तका एल्डरहरूलाई पार्कहरूमा महिलाहरूको प्रवेशमा प्रतिबन्ध लागू गर्न मद्दत गर्न आग्रह गरे । आफ्नो भाषणको क्रममा उनले तालिबानका निर्देशनहरू नमान्ने मानिसहरू र तालिबानले तोकेको हिजाब नियमहरू पालन नगर्ने महिलाहरूको पनि आलोचना गरेका छन ।

मिडिया रिपोर्टका अनुसार अगस्त २०२१ मा सत्ता कब्जा गरेपछि तालिवानले केटीहरूलाई माध्यमिक विद्यालयमा जान कडा प्रतिबन्ध लगाएको थियो ।

यो निराशाजनक प्रवृत्ति डिसेम्बर २०२२ मा जारी रह्यो, जब महिला र केटीहरूलाई विश्वविद्यालयहरूमा जान र गैरसरकारी संस्थाहरू र सहायता संस्थाहरूमा काम गर्नबाट प्रतिबन्धित गर्न सीमाहरू विस्तार गरियो ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ३४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको