१ आश्विन २०८३, बिहिबार | September 18, 2026

सडक किनारको ग्रीन बेल्ट सजाउँदै स्थानीय



बुटवल । भैरहवा-बुटवल सडक खण्डको कालिका मानवत्रान माबी बिपरित सडक किनारमा ग्रीन बेल्ट सजाउन स्थानीयबासीले सक्रियता देखाएका छन् । शिव टोल विकास संस्थाको आयोजनामा ग्रीन बेल्ट निर्माण समिति बनाएर सडक किनारको ग्रीन बेल्ट सजाउन स्थानीयबासी जुटेका हुन् ।

आज एक कार्यक्रमकाबीच ग्रीन बेल्टको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा अर्यालले बिरुवा रोपेर उदघाटन गरिन् । कालिका मानवज्ञान माबी अगाडि सडकको विपरित सडक किनारमा ५० बढी बिभिन्न प्रजातीका विरुवा रोपिएको टोल विकास संस्थाका सदस्य रविलाल सुबेदीले बताए ।

युनाईटेड साइकल क्लवको सहयोगमा ग्रीनबेल्ट सजावत कार्यक्रममा उपप्रमुख अर्याल सहित होराईजन माबीका प्राचार्य लोकनाथ उपाध्याय, ११ नमबर वडाका वडा अध्यक्ष रामचन्द्र क्षेत्री, शिव टोलविकास संस्थाका अध्यक्ष नारायण भट्टराई लगायतले चमेली, बारमासे फूल लगायतका प्रजातकिो विरुवा रोपेका थिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  २ : ५७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा