१६ श्रावण २०८३, शनिबार | August 1, 2026

समाजवादी मोर्चाले आज बुटवलमा सन्देशसभा गर्दै, प्रधानमन्त्री प्रचण्डसहित मोर्चाका प्रमुख नेताहरु सहभागी हुँदै



बुटवल । समाजवादी मोर्चा नेपालले आज बुटवलमा सन्देशसभा गर्दैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा समाजवादी मोर्चा नेपालमा आवद्ध रहेका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन् । आजको सभाको व्यवस्थापन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने साहले जानकारी दिए ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ । अरू नेताहरू भने बिहान १० बजे पुग्ने साहले बताए ।

समाजवादी मोर्चाको यो दोस्रो सन्देशसभा हो । सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा सभा गरिसकेको छ ।

१३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ ।

सरकारमा सहभागी तीन दल र संसदमै नभएको विप्लव नेतृत्वको पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ८ : ४४ बजे

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल