२० मंसिर २०८२, शनिबार | December 6, 2025

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग



नेपालगन्ज । बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् ।

विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका छात्रालाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुँदै आएको जनाइएको छ । सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर दक्षिणपूर्व भारतीय सीमासँग जोडिएको नरैनापुरमा कक्षा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालन भए पनि अहिलेसम्म स्नातक तह अध्ययन गर्न राप्ती सोनारी गाउँपालिका वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीय युवा विनय दीक्षितले बताए ।

गाउँपालिकामा क्याम्पस नहुँदा १२ कक्षा पास गरेपछि नरैनापुरका अधिकांश छात्राले पढाइ छाड्ने गरेका छन् । आफ्नै गाउँमा स्नातक तहको पढाइ हुने क्याम्पस सञ्चालन भए उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाहना पूरा हुने र शिक्षामा नरैनापुरको अवस्था सुधार हुँदै जाने दीक्षितको भनाइ छ ।

मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको नरैनापुर शिक्षाको क्षेत्रमा पछाडि परेको छ । यहाँका अधिकांश अभिभावकले छोरीलाई पढाइका लागि अझै पनि घर छाडेर बाहिर पठाउन हिच्किचाउने गरेका कारण उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या न्यून रहेको स्थानीय युवा सकीर खानले बताए ।

गाउँपालिकामै क्याम्पस सञ्चालनका लागि गाउँपालिका कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै तयारी गरिएको क्याम्पस स्थापना समितिका संयोजक सोहनलाल यादवले बताए ।

“गाउँपालिकामा बहुमुखी क्याम्पसको आवश्यकता ठानेर स्थानीय युवा वुद्धिजीवीको अगुवाइमा प्रस्तावित सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापनाका लागि तयारी गरिएको छ”, उनले भने, “क्याम्पस स्थापनार्थ नरैनापुर गाउँपालिकाको समन्वय तथा सहकार्यमा यस क्षेत्रका सङ्घीय सांसद सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग भेला र छलफल सम्पन्न भएको छ ।”

गाउँपालिका अध्यक्ष इस्तेयाक अहमद साहले नरैनापुरमा क्याम्पस सञ्चालन गर्ने आफ्नो मनैदेखिको इच्छामा युवाले अग्रसरता देखाउँदा खुसी लागेकोे उल्लेख गर्दै गाउँपालिकाबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता जनाए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नरैनापुरमा युवा वर्गबाट स्वःस्फुर्तरूपमा क्याम्पस स्थापनाका लागि पहल गरिनु सकारात्मक भएको जनाउँदै आफूले सक्दो सहयोग गर्ने बताए । नरैनापुर गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनाका लागि गाउँपालिका कार्यालय र क्याम्पस स्थापना समितिले नेपालगन्ज उपमहानगरपालिकालगायत अन्य स्थानीय तहसँग समेत आवश्यक समन्वय गरेको संयोजक यादवले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  १० : २९ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति