१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सवारी दुर्घटनामा १७ वटा भैँसी/पाडा मरे



नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी÷पाडा जीवितै रहेको उनले बताए । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ११ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले