२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जमा १० गुठी र २ नेवाः संस्थाले संयुक्तरुपमा गाईजात्रा मनाउँदै



नेपालगन्ज । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ बाँकेमा क्रियाशील नेवा संस्थाहरुको संयुक्ता आयोजनामा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगन्जमा गाईजात्रा पर्व मनाईने भएको छ ।

नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँकेको सह–आयोजना तथा बाँकेका क्रियाशील गुठीहरुको सहभागीतामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो ।

गाईजात्रालाईभब्य र सभ्य बनाउन १० गुठी संस्थाहरुहरुको पनि सक्रिय सहभागीता रहने नेवाःपुचः बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिए ।

गत साउन २७ गते बसेको बाँकेमा त्रmियाशील गुठीहरु, नेवाः पुचका पार्षद, मृतक परिवारहरु सहितको बैठकले भाद्र १४ गते गाईजात्रा धुमधामका साथ मनाउने निर्णय गरेको थियो ।

श्रेष्ठका अनुसार भदौ १४ गते भेरी इङलिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्याली शुरु हुने र र्यालीले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिउको श्रेष्ठले बताए ।

हरेक वर्ष भाद्र शुक्ल पुर्णिमाको भोलिपल्ट आ आफ्ना घरमा मृत्यु भएका सदस्यहरुको समरणमा बिभिन्न देबी देवता तथा गाईको प्रतिबिम्ब बनाई मृतकका आफन्तका घरघर घुमाउने गरिन्छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती