२९ बैशाख २०८१, शनिबार | May 11, 2024

एमसिसीको औपचारिक कार्यान्वयनले रोकियो समाजवादी मोर्चाको धनगढी सभा



काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ । अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।

एमसिसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्न भिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ । सन्देश सभामा एमसिसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भए पछि कुटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

साथै, विप्लव नेतृत्वको नेकपासहित चार दलले आजै काठमाडौंमा एमसिसी कार्यान्वयनको विरोधमा माइतीघरमा विरोध प्रदर्शनसमेत गर्दैछ । जसका कारण पनि सो सभा स्थगित गर्नु परेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।

सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पुर्व घोषणा अनुरुप आज सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो । स्थगित सन्देश सभा अब कहिले हुन्छ ? त्यसको भने कुनै जानकारी दिईएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ०० बजे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो