७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीविरुद्ध अख्तियारले चलायो भ्रष्टाचारको मुद्दा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको कार्यालय प्रमुख रहँदा गरेको भ्रष्टाचार अभियोगमा तत्कालिन डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

केसीमाथि बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट एकजना सेवाग्राहीको सुन लिई फिर्ता नगरेको र सेवाग्राहीले फिर्ता माग्दा रकम माग गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयको टोलीले केसीको निवासबाट नगदसहित सुन बरामद भएको थियो ।

अनुसन्धानको क्रममा उनले २०७९ मंसिर २५ गते ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन अनुसन्धान भन्दै बरामद गरेर १५ दिनसम्म आफू कार्यरत कार्यालयको निवासमा लुकाएर राखेको खुलेको थियो ।

उनले प्रहरीको कुनै निकायमा जानकारी नदिई सेन धनीसँगै मोलमोलाई सुरु गरेको खुलेको आयोगका प्रवक्ता दाहालले बताए ।दाहालका अनुसार १५ दिनसम्म सुन आफैंसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाई गरी ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजारको चेक लिएको समेत पुष्टि भएको थियो ।

उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनी प्रहरी सेवाबाट बर्खास्तमा परिसकेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ६ : १९ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का