४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको विशाल लक्ष्य



काठमाडौं । एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो ।

पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले क्रिज सम्हाल्दै पाकिस्तानलाई बलियो स्कोरतिर अघि बढाएका हुन् ।

आजमले शतक बनाउने क्रममा १०९ बल शतक पूरा गरेका हुन् । उनले समग्रमा १३१ बल खेल्दै १५१ रन बनाए । यसैगरी इफ्तिखार अहमदले नटआउट १०९ रन बनाए ।

ओपनरद्वय फाखर जामनले २० बलमा जम्मा १४ रन बनाएर बाहिरिए । करण केसीले फाखर जमानलाई आसिफ शेखबाट क्याचआउट गराएका हुन् भने अर्का इमाम-उल-हक जम्मा ५ रन बनाएर रनआउट भए ।

यसैगरी सन्दीप लामिछानेले आघा सलमानलाई ५ रनमा क्याचआउट गराए । त्यसपछि नेपाललाई विकेटका लागि अन्तिम ओभर कुर्नुपर्‍यो । अन्तिम ओभरमा सोमपाल कामीले कप्तान आजम र साधव खानलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको