३ भदौ २०८३, बुधबार | August 19, 2026

एमसीसी कार्यान्वयन विरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा



काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना ९एमसीसी० कार्यान्वयनको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका हालैबसेको स्थायी समितिले बैठकले एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो । बैठकले पहिलो चरणमा संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको छ ।

जसअनुसार भदौ १९देखि २३ गतेसम्म काठमाडौंंको लप्सीफेदी हुँदै नुवाकोट, तनहुँ, धादिङ, मकवानपुर, नवलपरासी रुपन्देही, पाल्पासम्म अन्तरक्रिया कार्यक्रम राखिएको छ । सो कार्यक्रमअन्तर्गत एमसीसी विरोधीहरुको बीचमा संयुक्त गोष्ठी हुनेछ । गोष्ठीको कार्यक्रम सकेपछि असोज असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी विरुद्ध जनमत तयार पार्न पहिलो चरणको कार्यक्रम सफल हुने नेकपाले विश्वास गरेको छ । यसपछि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ९ : ४६ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।