४ पुस २०८२, शुक्रबार | December 19, 2025

नतिजामुखी ढंगले बजेट खर्च गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन



बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारका मन्त्रालयहरु तथा विभिन्न निकायहरुको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

पोखरेलले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृतिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष लाभलाई मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताए ।

समयमा बजेट आएपनि बजेट कार्यान्वयनमा ढिलाई भइरहेकोले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्रीले आग्रह गरे । “आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृति अन्त्य हुुनुपर्छ”, उनले भने ।
मुख्यमन्त्री पोखरेलले कोभिड—१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयहरुले आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिए। “कोभिडले तत्कालका लागि समस्या ल्याएपनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ,—उनले भने ।

कृषिको व्यवसायिकरणका लागि ध्यान दिन र त्यसका लागि किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले निर्देशन दिए ।

“कृषिमा नयाँ संभावनाको खोजी गर्नुस्,कृषिका कार्यक्रम लक्षित समूहसम्म पु-याउनुस्, त्यसो भयो भने कृषिबाट संमृद्धिको यात्रा संभव छ—उनले भने।
पोखरेलले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाईका आयोजनालाई पनि महत्पूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताए ।

संघ र प्रदेशबीच दोहोरोपन नहुनेगरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिदै दोहोरोपनाले बजेट खर्च हुने तर बजेट खर्च भए अनुसार नतिजा नदेखिने प्रवृति रहेको बताए ।

डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकोले मन्त्रालयहरुले दिने सेवा प्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसंग जोड्न आग्रह गरे ।

बार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरु, योजना आयोगका पदाधिकारी,प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ४६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा