२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

एसिया कप : बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित



काठमाडौं । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको​ खेलमा​ घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।​

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो भने । बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए ।

सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ६ : ५९ बजे

२६ पालिकाले उठाएनन् रासायनिक मल, किसानलाई अभाव हुने जोखिम

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

इलाम । इलामको माई नगरपालिका-९ बोरुङका किसान व्यावसायिक केरा खेती

मुग्लिन-मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका चार पुल अगामी

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी चापीय रेखा

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका