२ पुस २०८२, बुधबार | December 18, 2025

तिलोत्तमाको मगरघाटमा किरियापुत्री भवन निर्माण



तिलोत्तमा । नेपाल विद्युत प्राधिकरण बुटवल–लुम्बिनी १३२ केभी प्रसारणलाइन आयोजनाले तिलोत्तमा नगरपालिकाको वडा नं. ३ मगरघाटमा किरियापुत्री भवन निर्माण गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत् दुई कोठे भवन निर्माण गरी नगरपालिकामार्फत् मगरघाट विकास तथा व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेको हो ।

आयोजना प्रमुख हरिप्रसाद पाण्डेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेमार्फत् समितिका अध्यक्ष पदमप्रकाश रानालाई भवन हस्तान्तरण गर्नुभयो । आयोजनाले भवनसँगै मगरघाटमा विद्युत् ट्रान्सफर्मर समेत राखिदिएको छ । भविष्यमा बन्न सक्ने विद्युतीय शवदाह गृहको आवश्यकतालाई समेत पूरा गर्नेगरी आयोजनाले विद्युत् ट्रान्सफर्मरको व्यवस्था मिलाएको हो ।

किरियापुत्री भवन र ट्रान्सफर्मरको लागत झण्डै २५ लाख रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजनाले निर्माण गरेको किरियापुत्री भवनबाट सबैले लाभ लिनसक्ने उल्लेख गर्नुभयो ।

योगिकुटीबाट १३२ केभी लाइन सियारी गाउँपालिकाको वडा नं. २ मैनहिया पुर्याएर सव–स्टेशन निर्माण गर्नेगरी विद्युत् प्राधिकरणले यो आयोजना सुरु गरेको हो । योगिकुटीदेखि मगरघाटसम्म १३२ केभी विद्युत् लाइन अन्डरग्राउण्ड गरी लैजाने र त्यसपछि टावरमार्फत् मैनहियासम्म पुर्याउने गरी काम भैरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : २९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल