३ पुस २०८२, बिहिबार | December 18, 2025

पाकिस्तानी दूताबासबाट त्रिवि शिक्षण अस्पताललाई एम्बुलेसन्स सहयोग




काठमाडौं ।पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा पाकिस्तानी राजदूत डा. मजहर जाभेदले दुई वटा सुविधा सम्पन्न एम्बुलेम्स अस्पताललाई हस्तान्तरण गरेका छन् ।

अस्पतालको ३८ औं वार्षिकोत्सवको अवसर पारेर पाकिस्तानले दिएका दुई एम्बुलेन्सलाई अस्पतालका कार्यकारी प्रमुख डा. रोहित कुमार पोखरेलले बुझेका छन् ।

त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. पोखरेलले एम्बुलेन्स सहयोग गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिए । डा. पोखरेलले यो एम्बुलेन्समार्फत काठमाडौं र आसपासका बिरामीले चिकित्सकीय सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले एम्बुलेन्स उपहार दुई देशबीचको आपसी सम्बन्ध र भाइचाराको प्रतिक भएको टिप्पणी पनि गरे । उनले भने, ‘भविष्यमा पनि यसप्रकारको सहयोग प्राप्त हुने छ ।’ कार्यकारी निर्देशक पोखरेलले नेपालका डाक्टरहरुको पोष्ट ग्रायजुयेट सुविधाका लागि कलेज अफ फिजिशियन एण्ड सजर्न पाकिस्तान सीपीएसपीको भूमिकाको पनि प्रशंशा गरे ।

त्यसअवसरमा पाकिस्तानी राजदूत डा. जाभेदले नेपाली विद्यार्थीको लागि पाकिस्तानमा रहेका चिकित्सा संस्थान गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

जाभेदले भविष्यमा पनि नेपालका अस्पताल र पाकिस्तानका स्वास्थ्य संस्थाहरुबीच सहयोग आदनप्रदान हुने कामना गरे । उनले पाकिस्तान र नेपालबीच रहेको मैत्रिपूर्ण भावनात्मक सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे ।

पाकिस्तान र नेपालबीच दशकौंदेखि मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालका कैयौं विद्यार्थी पाकिस्तानमा चिकित्सा विज्ञान, इन्जिनियरिङ लगायतका विषयमा अध्ययन गर्न पाकिस्तान जाने गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका