१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मलेसियामा होटेल म्यानेजमेन्ट पढ्ने र कमाउने अवसर एकसाथ, गरीब तथा विपन्न विद्यार्थी प्राथमिकतामा



बुटवल । पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल म्यानेजमेन्ट पढेर व्यवसाय गर्नेहरु सफल पनि भएका छन् ।

विद्यार्थीको यही चाहनालाई मध्यनजर गर्दै पाण्डे ब्रदर्श कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर बुटवलले मलेसियामा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी पठाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

कक्षा १२ उत्तीर्णपछि एक मात्र विकल्प मलेसियामा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष अन्तर्गत पढ्दै कमाउँदै आफ्नो भविष्य उज्जवल बनाउन सकिने संस्थाका सञ्चालक बाबुराम पाण्डेले जानकारी दिए । यसका लागि यो वर्ष २०० जनाको कोटा रहेको र २३ जनाले नाम दर्ता गरिसकेको उनले जानकारी दिए । आफूले अत्यन्तै कम शुल्कमा गरिव तथा विपन्न वर्गका छोराछोरीलाई लक्षित गरेर यो सेवा सुरु गरेको पनि उनले बताए ।

जाँदा प्लेन टिकट र १५ देखि ५० हजार सेवा शुल्क, त्यहाँ पुगेपछि ३ वर्षसम्मको कलेज फि ३० हजार मलेसिन रिग्रेट ओभरटाइम समेत काम गर्दा तिरिने र घरमा आउँदा १२ लाख सम्म बचत गरी ल्याउन सकिने र साथमा ब्याचलरको प्रमाणपत्र पनि हुने पाण्डेले बताए ।

कलेजमा लाग्ने शुल्क ओेजेटी गरेवापत हुने आम्दानीले तिर्न पाइने, कोर्ष पूरा गरेर फर्किंदा अन्तर्राष्ट्रियस्तरमा रोजगारीका लागि मान्यता पाउने सर्टिफिकेट पनि हुने र १२-१५ लाख आम्दानी पनि कमाएर घर ल्याउन पाइने भएकाले यो कोर्ष निशुल्क जस्तै मान्न सकिने पाण्डेले स्पष्ट पारे ।

‘होटल म्यानेजमेन्ट पढेर बेरोजगार बस्नु पर्दैन,’ उनले भने, यसको सुन्दर पक्ष भनेको स्वउद्यम हो ।’ आफ्नो क्षमता अनुसार लगानी गरेर राम्रो व्यवसाय गर्न सकिने उनले बताए । मलेसियामा प्रयोगात्मक अध्ययन हुने र विद्यार्थीले काम गर्दै पढ्न सक्ने पनि उनले बताए । “ती वर्षे कोर्षमा आफ्नो खर्च कटाएर १२-१५ लाख रुपियाँ घरमा लिएर आउन सक्छन्”-पाण्डेले भने । मासिक ६० हजार रुपियाँ सजिलै कमाउन सकिने पनि उनले बताए ।

अहिले आफ्नो संस्थासँग होटल म्यानेजमेन्ट पढ्न चाहने विभिन्न कलेजका विद्यार्थीहरु थुप्रै सम्पर्कमा आइरहेको पनि पाण्डेले बताए । पछि अन्य देशमा पनि पठाउने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : २८ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज