९ श्रावण २०८३, शनिबार | July 26, 2026

प्रधानमन्त्रीले शान्ति प्रक्रिया थप निष्कर्षमा पुर्याउनका लागि विश्व समुदायलाई अपिल गर्ने : प्रवक्ता सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनैपर्नेमा जोड दिए ।

शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिँदै उनले एक हिसाबले पूर्णता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूर्णता दिनुपर्ने उल्लेख गरे । शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजदेखि हुन लागेको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री प्रचण्डले नेपाली मौलिक विशेषतासहितको शान्ति प्रक्रियाका बारेमा जानकारी गराउने स्पष्ट गर्दै यसलाई थप निष्कर्षमा पुर्याउनका लागि विश्व समुदायलाई अपिल गर्ने पनि बताए।

जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा परेको प्रभाव तथा नेपालले भोग्नुपरेको समस्याका कारणसमेत प्रधानमन्त्रीले महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए । यस्तै अल्पविकसित देशहरूको अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जान लागेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसलाई समयको चापका कारण स्वाभाविकरूपमा लिन आग्रह गरे । चीन भ्रमणको क्रममा द्विपक्षीय सम्बन्ध विस्तार एवं विकास निर्माणलाई अगाडि बढाउने गरी प्रधानमन्त्री प्रचण्डले आवश्यक तयारी गरेको स्पष्ट पारे ।

पार्टीले अगाडि बढाएको देशव्यापी रुपान्तरण अभियानले नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ । अभियानका क्रममा विकास निर्माणको काम अगाडि बढाइएको तथा जनतासँग सम्बन्ध विस्तारमा केन्द्रित गरिएको उनले जानकारी दिए । पार्टीले सञ्चालन गरेको अभियान सकारात्मकरूपमा अगाडि बढेको र जनताको साथ र अगाध समर्थन पाएको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ६ : १९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको