१६ माघ २०८२, शुक्रबार | January 30, 2026

तीजमा पशुपति क्षेत्रमा २ दिन रक्सी-मासुमाथि प्रतिबन्ध



काठमाडौं । जिल्ला प्रहासन कार्यालय काठमाडौंले तीज पर्वलाई मध्यनजर राख्दै आजबाट पशुपति क्षेत्रमा रक्सी मासुमाथि प्रतिबन्ध लगाएको छ । शान्ति सुरक्षा तथा धार्मिक क्षेत्रको पवित्रतालाई जोगाउन भन्दै प्रशासनले रक्सी मासुमा प्रतिबन्ध लगाएको हो ।

पशुपति क्षेत्रको ४ किल्ला नै तोकेर प्रशासनले मांस, मदिरा तथा नशालु पदार्थ उत्पादन, ओसारपसार, भण्डारण तथा बिक्रिवितरण गर्न प्रतिबन्ध लगाएको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै पाशुपत क्षेत्रको पूर्व गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिम पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, उत्तर गौशाला तिलगङ्गा चक्रपथ देखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकाण्ड, गौरीघाट हुँदै बागमती देखि दक्षिण क्षेत्रमा मांस, मदिरा सहित नशालु पदार्थमा प्रतिबनध लगाएको हो ।

सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आज ३१ गते बिहानै देखि पूर्णरुपमा रोक लगाएको जनाइएको छ । आदेश वितरित भएमा ऐन बमोजिम कडा कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १० : ४४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र