२३ माघ २०८२, शुक्रबार | February 6, 2026

विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन



काठमाडौं । सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सञ्चालनमा ल्याएको छ ।

सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान गर्न सहज हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए ।

राज्यको ढुकुटीबाट खर्च हुने रु २० लाखभन्दा बढीका सबै खरिदमा विद्युतीय खरिद प्रणालीको प्रयोग अनिवार्य गरिएको छ । हटलाइन बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म सहयोगकक्षबाट सेवा प्राप्त हुने छ ।

हटलाइनबाट बोलपत्र प्रयोग, युजरनेम र पासवर्ड लिने, अद्यावधिक गर्ने, खरिद योजना तयारी, स्वीकृति, परिमार्जन र प्रकाशन गर्ने, खरिदकार्यको बोलपत्र वा प्रस्ताव कागजात तयारी, स्वीकृति र प्रकाशन गर्ने तयारीकाबारे जानकारी मिल्नेछ ।

बैठकको माइन्यूट प्रकाशन गर्ने, बोलपत्र वा प्रस्ताव खोल्ने मिति र समयका बारेमा खरिद प्रक्रियामा सहभागी बोलपत्रदातालाई प्रणालीबाटै जानकारी उपलब्ध हुनेछ ।

हटलाइन सेवाबाट खरिदको आशयपत्रको सूचना जारी गर्ने, खरिद निर्णयको पुनरावलोकनसम्बन्धी कार्य गर्ने, खरिदको सम्झौता र करार व्यवस्थापनसम्बन्धी कार्य गर्ने, खरिद कार्यको विद्युतीय भुक्तानी गर्ने, सार्वजनिक खरिद व्यवस्थापन सूचना प्रणाली व्यवस्थित गर्ने क्रममा प्रणालीको प्रयोगमा आएका यावत समस्याको समाधान प्राप्त गर्न सकिनेछ ।

सरकारले विकास निर्माणका सबै आयोजनाको बोलपत्र आह्वानमा धेरै व्यक्तिहरूको सहयोगिता र प्रतिस्पर्धा गर्न सकियोस् भन्ने हेतुले पछिल्लो समय विभिन्न नयाँ कार्य गर्दै आएको छ । कार्यालयको र विद्युतीय खरिद प्रणालीको वेबसाइटबाट कुन–कुन बोलपत्रको सूचना प्रकाशन भएको र म्याद कति छ भन्ने जानकारी लिन सकिने सचिव डा रेग्मीले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ४३ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा