१ आश्विन २०८३, बिहिबार | September 17, 2026

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभा



बुटवल । प्रकृतीको विनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रबाह गर्नुपर्ने बताइन् । उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुच बढाउनुपर्ने बताइन् ।

शान्ति समाजका हरेक गतिबिधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सभापति रामकृष्ण बरालले नया अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाइ नेपालमै रोक्ने र राृेजगारी सिर्जना गर्ने बाताबरण सरकारले बनाउनुपर्ने बताए ।

केन्द्रिय समितिका निर्बतमान सभापतिएवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवालीको स्वागत एवं सचिब कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा समाजका बरिष्ठ उपसभापति कृष्ण रावल केन्द्रिय उपसभापति राजेन्द्र पौडेल ,राससका पूर्व अध्यष्क्ष डा बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे,लेखक ऋषि आजाद,नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब बिक्रम खड्का पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रिय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए । साधारणसभामा अध्यक्ष भट्टराइ र कोषाध्यक्ष लिलाधर लुइटेलले पेश गरेको प्रतिबेदन पास गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ०३ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा